नेपालमा सर्कुलर ट्रेडिङ बढ्यो यसलाई नियन्त्रण गर्न जरुरी छ: जनार्दन शर्मा

अर्थमनन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सर्कुलर ट्रेडिङ बढेको भन्दै यसलाई नियन्त्रण गर्न अत्यन्तै जरुरी रहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी गर्दै उनले भने, ‘इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ जस्ता कुराहरु स्वीकार्य हुँदैन त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ।’

बिज्ञापन

नियामक निकायका कर्मचारीहरुले राजनीति गर्ने गरेको गुनासो आएका भन्दै अर्थमन्त्री शर्माले यसलाई नियन्त्रण गर्ने सबै नियामक निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

सोही कार्यक्रममा बोल्दै उनले टिमएस सुधार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का बीच तालमेल आवश्यक देखिएको उनी बताउँछन् ।