देशभर थप १५८ जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।