
दमक / मोरङको बुढीगंगा गाउँपालिका–६, घेराबनीस्थित नहरछेउको झाडीमा एक अन्दाजी ३० वर्षीया महिलाको सडेर कीरा परेको शव फेला परेको छ।
शवको नामथर र वतन नखुलेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ।

बिज्ञापन



