एमालेले भन्यो : अब एमसीसी कार्यान्वयन हुनुपर्छ
काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनपर्ने बताएको छ ।

एमसीसीको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सो बताएका हुन् ।

बिज्ञापन

एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्‌बाट अनुमोदन भइसकेको छ। अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछु, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने पनि बताइएको छ। प्रतिनिधि सभाको बैठकले गत आइतबार एमसीसी र सोसँग सम्बन्धित व्याख्यात्मक घोषणा पारित गरेको थियो ।