भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता

नयाँ दिल्ली । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ।

एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ।

बिज्ञापन

अनुमति दिएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् । यसअघि सरकारले गत वर्ष ’स्पुतनिक’ भीलाई अनुमति दिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ ।

अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।