विभाजनको संघारमा जसपा, के गर्लान् बाबुराम भट्टराई ?

नेपालमार्ग, काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ ।

प्रतिनिधिसभामा पार्टीका १९ सांसद छन् । पार्टीको केन्द्रीय कमिटीमा ४९९ सदस्य छन् ।

बिज्ञापन

एमसीसीलगायतका विषयमा नेताहरूबीच दुई मत देखिएसँगै यस पार्टीभित्र संघीय परिषद् अध्यक्ष डा. भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच मतभेद बढ्दै गएको छ ।

यस विवादका कारण आगामी स्थानीय चुनावअघि नै डा. भट्टराई र यादवको नेतृत्वमा पार्टी विभाजित हुने सम्भावना बढेको छ ।