
काठमाडौं । परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमणमा नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै पछिल्लो समय युक्रेनमा तनाव बढिरहेकाले युक्रेन भ्रमण नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो । साथै युक्रेनमा भएका नेपालीलाई चाँडो-भन्दा चाँडो नेपाल फकर्न समेत आग्रह गरेको छ ।

विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।
बिज्ञापन



हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
