देशभर थप ३५० जनामा कोरोना सङ्क्रमण  पुष्टि  ४ जनाले ज्यान गुमाए

देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बिज्ञापन

यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् ।

नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् ।

नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।

यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।