१३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आयो

काठमाडौं । नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएको छ ।

बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप प्राप्त भएको हो।

बिज्ञापन

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो ।

जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ । बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो ।