सुनको मूल्यले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :  नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर रहेकोे छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएको महासंघले जनाएको छ ।