
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ ।

छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
बिज्ञापन



त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि तेजाबी सुन ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार पनि १२ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।