कञ्चनपुरमा बञ्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या

कञ्चनपुर : कञ्चनपुरमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार राति जिल्लाको लालझाडी गाउँपालिका– २ कंज गाउँका २५ वर्षीय रामबिलास रानाले आफ्नै बुवाको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

बिज्ञापन

४० वर्षीय बुवा ठग्गु रानालाई रामबिलासले बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

बञ्चरो प्रहारबाट रानाको घटनास्थलमै मृत्यु भएको उनले बताए। जग्गाको विषयलाई लिएर बुवाछोराबीच विवाद भइ हत्या भएको डीएसपी शाहले बताए ।

रामबिलासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।