दिक्तेलमा करेन्ट लागेर १ जनाको मृत्यु

खोटाङ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारेमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।

घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।

बिज्ञापन