
काठमाडौं – संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ ।

थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मृर्गौला समस्याबाट पीडित थिए ।
बिज्ञापन



२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाटअर्घाखाँची २ बाट निर्वाचित थापाले अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । डा. थापाका श्रीमती र एक छोरा छन् ।
