
नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन



त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको थियो ।