प्रचण्ड पत्नी सिता अस्पतालबाट डिस्चार्ज

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमणका कारण नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी उनी मंगलबार डिस्चार्ज भएकी हुन् ।

बिज्ञापन

आईसीयुमा उपचाररत् सिताको अवस्था सुधारोन्मुख भएकोले डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा.बाबुराम पोखरेलले जानकारी दिए ।

जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित उनमा कोरोना संक्रमणपछि निमोनियासमेत देखिएको थियो  ।