लकडाउनमा कडाइ : सडकमा हिँडेको भेटिए पक्राउ गरेर मुद्धा चलाइने

काठमाडौं : सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ।

 

बिज्ञापन

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको छ ।

 

‘लकडाउन भनेको हिँडेर जान पाइने भन्ने होइन,’ समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले भने, ‘अहिले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएको छ, यसबाट जोखिम बढेकाले पक्राउ गरेर मुद्दा चलाउन नै निर्देशन भएको छ।’

 

पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो।

 

उपत्यकालगायत विभिन्न ठाउँबाट खासगरी मजदुरहरु कयौँ दिन हिँडेर घर फर्किरहेका छन्।

 

काम बन्द भएसँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुनपरेको उनीहरुको गुनासो छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।