
झापा। झापाको विर्तामोड स्थित पश्चिम बस स्टेण्डमा राखिएको बम सेनाले डिस्पोज गरेको छ। पश्चिम बस स्टेण्डमा भेटिएको कुकर बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

बम राखेको स्थानमा हिमाल सुरक्षा परिषद लेखिएका केही पर्चा समेत फेला परेको छ। सो संगठनका मेची अञ्चल इन्चार्ज विबेकद्वारा हस्ताक्षरीत पर्चामा संघीयता र धर्म निरपेक्षता खारेज गर्न माग गरिएको छ । सो संगठनले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै सो आँफुहरुलाई मान्य नहुने पनि जनाएको छ।
बिज्ञापन



त्यस्तै संगठनले २०४६ साल यताका सबै नेता तथा उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने,। पाँच विकास क्षेत्र कायम गरिनुपर्ने, भारत र चीनसँगको सीमा विवाद पूर्ण रुपमा समाधान गर्नुपर्ने लगायतका माग अघि सारेको छ।
