रौतहटमा दुई बालबालिकाको सेप्टिक ट्यांकीमा  डुबेर मृत्यु

दमक/ रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको शौचालयको सेप्टिक ट्यांकीमा  डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार मृतकमा सोही वडाका २ वर्षीय रन्जे साह र २ वर्षीया खुश्बु साह रहेका छन् ।

बिज्ञापन

मंगलबार साँझ दुवै बालबालिका स्थानीय हृदय पासवानको घरमा खेल्ने क्रममा शौचालयको सेप्टिक ट्यांकीमा डुबेका थिए। तत्काल उद्दार गरि  चन्द्रनिगाहपुर अस्पताल लागिएको भए पनि उपचारका क्रममा दुबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।