शुक्लाफाटाँका गाउँमा चितुवा पस्यो : गोठका जनावर खान थालेपछि स्थानीय त्रसित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको ढकनियामा चितुवाले गोठका जनाबर खान थालेपछि स्थानीय त्रसित भएका छन् । चितुवाले वडा नम्बर–२ को ढकनियामा अहिलेसम्म सातवटा जनावर मारिसकेको छ ।

नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेस कमिटी सदस्य दुर्गा जोशी भट्टले दिएको जानकारीअनुसार जङ्गलबाट गाउँ पसेको चितुवाले दुई दिनअघि एकै पटक स्थानीय कौसादेवी भट्टको तीनवटा खसी, दुईवटा बाच्छी र मन्जु चन्दको १ ब्राखा र १ खसी मारेको छ ।

बिज्ञापन

तीन महिनाअघिदेखि गाउँ पसेको चितुवाले दर्जनबढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासीले बताएका छन् ।

गाउँमा पसेर चितुवाले धमाधम खसीबाख्रा मार्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

गत वर्ष पनि गाउँमा चितुवा पसेर खसीबाख्रा, गाईगोरु र कुकुर मारेको स्थानीयवासीले बताएका छन् । यस वर्ष पनि सोही चितुवा गाउँ पसेको स्थानीयवासीको अनुमान छ ।