
दमक / यात्रुसँग बढी भाडा लिने ३३१ जना राइड सेयरिङ चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजाे मङ्गलवार यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी यात्रुहरूसँग बढी भाडा लिएका र यात्रुलाई दु:ख दिएका ३३१ राइड सेयरिङ चालक कारवाहीमा परेका हुन् ।
बिज्ञापन



त्यसैगरी ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकलाई समेत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको जानकारी दिएकाे छ ।

साेहि दिनकाे मौका छोपी राइड सेयरिङ चालकहरूले यात्रुलाई अफलाइनमा मात्र यात्रा गराउने, बढी भाडा लिने र गन्तव्यमा पुर्याएपछि भाडाको बार्गेनिङ गर्ने जस्ता क्रियाकलाप गरेर दुख दिएको देखिएको थियो ।