भारतमा थपिए एकैदिन साढे तीन लाख कोराेना संक्रमित

काठमाडाैँ : भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ।

पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ। यो संख्या तेस्रो लहरको  संक्रमणमा अहिलेसम्मकै उच्च हो।

बिज्ञापन

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ।

यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ।

पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।