
काठमाडौं : कोरोनाभाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली भागेका छन् ।

बिज्ञापन



कोरियाबाट आएका उनलाई बुधबार टेकु अस्पताल भर्ना गरिएको थियो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको जानकारी दिएका छन् ।
हाल टेकुमा चार जना शंकास्पद बिरामी भर्ना भएको अस्पतालले जनाएको छ ।