नेपाली बजारमा आज सुन प्रतितोला ९२ हजार ४ सय

काठमाडौं : नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

बिज्ञापन

यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।