ओमिक्रोनका संक्रमित बढेपछि उपत्यकाका तीन जिल्ला अधिकारीको बैठक बस्दै

काठमाडौँ : कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाका तिन जिल्ला अधिकारीको बैठक बस्दै छ ।

शुक्रबार मात्रै जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि बढेपछि सरकारले उच्च सतकर्ता बढाएको छ ।

बिज्ञापन

आज काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्ला अधिकारीहरुको बैठक जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बस्ने भएको हो ।

उपत्यकामा कोरोना संक्रमितको जोखिम बढ्दै गएपछि जोखिम न्युनिकरणारे छलफल गर्न बैठक बोलाईएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यका लगाएत देशैभरि कोरोना संक्रमण दर बढ्दै गएकाले नारिकको जमघटमा पुनः कडाई गर्ने तयारी समेत सरकारले गरेको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको चेतावनी समेत दिएको छ ।

पछिल्लो समय घट्दै गएको कोरोना संकमित फेरि बढेर दैनिक झण्डै १ हजारको हाराहारीमा थपिदै गएका छन् ।