
काठमाडौँ : प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनसाथ एमाले सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध पारेका हुन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।
बिज्ञापन



तिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए । उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।
