न्युजिल्याण्डका पटेलले लिए एकै इनिङ्समा १० विकेट, भारत ३ सय २५ रनमा अलआउट

भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्डका अजाज पटेलले १० विकेट लिएका छन् । अजाज टेष्ट क्रिकेटको एकै इनिङ्समा १० विकेट लिने तेस्रो खेलाडी समेत बनेका छन् ।

यसअघि भारतका अनिल कुम्ले र इंग्ल्याण्डका जेम्स चाल्र्स लाकरले मात्रै एकै इनिङ्समा १० विकेट लिएका थिए ।

बिज्ञापन

भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अजाजले ४७ ओभर पाँच बल बलिङ गरेर १ सय २९ रन दिएर १० विकेट लिए ।

दोस्रो दिनको खाना समयअघि अलआउट हुँदै भारतले ३ सय २५ रन बनाएको छ । भारतका मयंक अग्रवालले एक सय ४६ रन बनाए । यी दुई देशबीच भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो ।