
राप्रपाकाे महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेका निवर्तमान अध्यक्ष कमल थापाकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ ।

राप्रपाका पूर्व केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला अध्यक्ष, प्रदेश सदस्यहरू, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रिय अध्यक्ष र जिल्ला सदस्यहरूको प्रतिनिधिमूलक भेलाले महाधिवेशनको विषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निष्कर्ष निकालेका छन् ।
बिज्ञापन



केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैली बारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप हिँड्ने धारणाको साथ अघि बढ्ने भएका छन् ।
