पुलिसका गोलरक्षक शत्रुधनसहित सात खेलाडीलाई पहिलोपटक माैका

काठमाडौं: मरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सात नयाँ खेलाडीलाई पहिलोपटक क्याम्पमा बोलाउँदै ३४ खेलाडी छनोट गरेका हुन् । अब्दुल्लाहले रोहित चन्दलाई बाहिर राख्दै २९ जनवरी र १ फेब्रुअरी १ मा नेपालमा हुने खेलका लागि नाम सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

यस्तै अब्दुल्लाहले अभिषेक रिजालाई बाहिर राख्दै गोलरक्षक शत्रुधन चौधरी, टेकेन्द्र थापा,आकास बुढा मगर, कृतिस रत्न छुन्जु, सुदीप गुरुङ, सुशील राई, नवीन गुरुङसहित सात खेलाडीलाई पहिलोपटक अवसर दिएका छन् ।

३४ खेलाडी नाम

विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुधन चौधरी, टेकेन्द्र थापा, आशीष लामा, आयुष घलान, आकास बुढा मगर, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक विष्ट, विमल घर्ति मगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिस रन्त छुन्जु, मनिष डांगी, नवीन गुरुङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, शुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई, तेज तामाङ