
भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् ।

हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् । ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।
