चुनावमा पराजित ३ नेतालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं — चुनावमा पराजित ३ नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

देउवाले आइतबार कल्याणकुमार गुरूङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

बिज्ञापन

कांग्रेस महाधिवेशनमा गुरूङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सह–महामन्त्रीमा पराति भएका छन् ।

यसअघि शनिबमार देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

कांग्रेस विधानमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने पाउने व्यवस्था छ ।