
जनकपुरस्थित मुजेलियमा कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको सो दुर्घटनामा धनुषाधाम नगरपालिका १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाधामबाट जनकपुरजाने क्रममा तीब्र गतिमा आफैँले चलाएको बा २० प ६८३१ नम्बरको कार प्राविधिक गडबडीले मोड्न नसकेपछि पुलबाट तल खसेको जिल्ला टराफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिज्ञापन



दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर पुग्नसाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
