विश्वकप लिग-२ : ओमानसँग १३ रनले हार्‍यो नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २११ रन बनाएको थियो।

ओमानका लागि जीसान मक्सुदले १२६ बल खेल्दै अविजित १०४ रन बनाए। खवर अलिले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए । सुरज कुमार १२ रनमा आउट भए । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। सोमपाल कामीको नाममा १ विकेट रह्यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १९८ रन मात्र बनायो।

बिज्ञापन

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४ रनको पाली खेले। रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे । ओमानका जीसान मक्सुद र खावर अलीले समान ३/३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे। यससँगै नेपाल लिगमा १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा यथावत छ। नेपालले शनिबार अमेरिकासँग खेल्नेछ।