सेन्ट्रल जोन भलिबल: नेपाली महिला टोलीको लगातार पाँचौँ जित, फाइलनमा उज्वेकिस्तानसँग खेल्ने

एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपाली महिला टोली विजयी भएको छ ।

बङ्गलादेशको ढाकामा आज सोमवार भएको खेलमा नेपाली महिला टोलीले किर्गिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो ।

बिज्ञापन

नेपालले किर्गिस्तानलाई २५–८, २५–१४ र २५–१७ को सेटमा हराएको हो ।

नेपालले यसअघि श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो । नेपाली महिला टोली अराजित रहँदै फाइलनमा पुगेको छ ।

उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्नेछ । आज उज्वेकिस्तानले श्रीलङ्कालाई हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।