सिराहामा सिके राउतका कार्यकर्ताले गरे सवारीसाधन तोडफोड

सिराहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका छन्। आन्दोलनमा उत्रिएका राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका हुन् ।

सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हाे । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको छ।

बिज्ञापन

बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए ।

सवारी साधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।