
काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
बिज्ञापन



अहिले बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा राति हल्का हिमपातको सम्भावना छ ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।