विराटनगरमा आधुनिक प्रयोगशालाको शिलान्यास

विराटनगरः विराटनगरमा आधुनिक प्रयोगशालाको शिलन्यास गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माणको काम आजबाट सुरुवात गरेको हो ।

बिज्ञापन

सेभ त चिल्ड्रेनको ८ करोड आर्थिक सहयोगमा निर्माण हुने प्रयोगशालाको मुख्यमन्त्री शेरधन राईले शिलन्यास गरेका हुन् ।

संविधानले प्रदत्त गरेको नागरिकको मौलिक अधिकार स्थास्थ्य सुरक्षाका लागि तीनै तहका सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले आवश्यक पर्ने संरचना निर्माणमा सरकारले तदारुकता देखाएको पनि बताए ।

सेभ द चिल्ड्रेनले कम्पनिमार्फत् भवन निर्माण गरी समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।