अस्ताईन भारतकी भूतपूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी बरिष्ठ नेत्री सुष्मा स्वराज

 एजेन्सी । भारतकी भूतपूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी बरिष्ठ नेत्री सुषमा स्वराजको असामयिक निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

 

बिज्ञापन

लामो समयदेखि बिरामी रहेकी उनको मंगलबार दिल्लीको एम्स हस्पिटलमा हृदयघात भएपछि निधन भएको सञ्चारमाध्यमको भनाई छ । उनी ६७ बर्षकी थिइन ।

 

१४ फरवरी १९५२ हरियाणाको अम्बाला क्यान्टमा जन्मेकी सुषमा स्वराजको राजनितिक जीवन एकदमै सफल थियो । उनका बुवा राष्ट्रिय स्वयंसेवक संघको महत्वपूर्ण सदस्यहरूमध्ये एक थिए ।

 

उनको अभिभावकको सम्बन्ध पाकिस्तानको लाहोरस्थित धर्मपुरा क्षेत्रसँग थियो । उनले सनातन धर्म कलेज, अम्बाला क्यान्टबाट संस्कृत र राजनीतिशास्त्र पढेकी थिईन ।

 

यसपछि उनले चण्डिगढको पंजाब विश्वविद्यालयबाट कानूनको अध्ययन गरिन । सुषमा स्वराज युवा अवस्थादेखि नै एक प्रखर वक्ता थिइन ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन ।