
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सभियाले जित निकलेका छन्। बार्सिलोनाले इल्चेमाथि ३-२ को जित निकाल्दा घरेलु मैदानमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्यो।

सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे। एट्लेटिकोका फिलिपेले एक गोल फर्काए। प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमै अग्रता बनाएको थियो।



राकिटिकले करिम रिकिकको पासमा गोल गरेका थिए। ३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे। फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए। तर‚ ८८औं मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताए।

जितसँगै सेभियाले दोस्रो स्थान थप बलियो बनाएको छ। १७ खेलमा सेभियाको ३७ अंक छ। पराजित एट्लेटिको २९ अंकसहित पाँचौं स्थानमा झरेको छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ।
त्यस्तै‚ घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान जुटग्ला, पाब्लो गाभिरा र निकोले गोल गरे। इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेका थिए। जारी सिजन खराव लयबाट गुज्रिएको बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो पहिलो जित हो। बार्सिलोनाले १६औं मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो।
पाब्लोले १९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।