
सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बिज्ञापन



घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।