ए डिभिजन लिगमा आज तीन खेल, पोखरामा मनाङ र पुलिस भिड्ने

सहिद स्मारक ए डिभिजन लिगको खेल पहिलो पटक मोफसलमा हुँदैछ ।

एन्फाले पहिलो पटक मोफसलमा आज शनिबार दिउँसो खेल हुन लागेको जानकारी दिएको हो ।

बिज्ञापन

आठौं पटकको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे पोखरा रंगशालामा खेल हुने भएको हो ।

पोखरामा एक खेल हुँदा आजै काठमाडौंमा २ खेल हुनेछ ।

दिउँसो १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा साँझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् ।