कस्ताे रहनेछ आजको माैसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको  पहाडी भू-भागमा आंशिक बदली  रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बुधबार देशको  पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहीबार पनि प्रदेश १ तथा प्रदेश २  मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिज्ञापन

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिक देखि सामान्य बदली रहने साथै गण्डकी तथा प्रदेश १ का पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।