
समाचार संस्था एएफपीका अनुसार म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।

नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ । उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ।
बिज्ञापन



उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ।गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो।

त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।