दलहरुको महाधिवेशन चुनावकै तयारी हो: प्रचण्ड

रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक निर्वाचनमा होमिएको बताएका छन् । तत्काल देख्दा महाविधेशनको माहोल देखिएपनि ती सबै चुनावको तयारी जस्तै बनेको उनले बताए ।

माओवादी केन्द्रका रूपन्देही जिल्ला इन्चार्ज एवं केन्द्रीय नेता रामप्रसाद बञ्जाडे (टंकमणी)को शोक सभाका लागि मंगलबार बुटवल आएका अध्यक्ष दाहालले लोकतन्त्रको लागि चुनाव महत्वपूर्ण भएको बताए । ‘तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा हुनुपर्नेमा सबै राजनीतिक दलको ध्यान जानुपर्छ,’उनले भने ।

बिज्ञापन

‘सबै दलका सभा, सम्मेलन र महाधिवेशनहरु सबै आउने चुनावको तयारी जस्तै बनेका छन्,’ उनले भने, ‘तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा पु¥याउन राजनीतिक दलहरुले पनि आपसी समझदारी र सहकार्य गरेर अघि बढ्नु जरुरी छ ।’
देशलाई राजनीतिक स्थायित्व, विकास र सम्बृद्धितिर लैजानु सबै राजनीतिक दलको दायित्व भएको पनि उनले बताए ।