
काठमाडौं । मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदै छ । दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो ।
बिज्ञापन



दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ । विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन् । यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।