पार्टी एकातिर झाँक्री अर्कैतिर : एमसीसीको पक्षमा उभिएपछि आफ्नै साथीले मागे राजीनामा

काठमाडौं, : नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको उनको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् ।

पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।

बिज्ञापन

काठमाडौंमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।