बेपत्ता मण्डलको शव भेटियो

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय  लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ ।  मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो ।

भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ । भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किँदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो ।

बिज्ञापन