दशैंको विदा सकिएसँगै उपत्यकामा चहलपहल बढ्दै

काठमाडौं । दशैंको विदा सकिएसँगै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।
बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् ।
दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ ।

काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ ।
मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।
काठमाडौं उपत्यकामा आइतबार विहानबाटै चहलपहल बढेको छ। सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो ।
सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिज्ञापन

यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ ।
टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।