सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक

काठमाडौँ : एकपछि अर्को विवादमा मुछिँदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् । प्रधानन्यायाधीश राणाले मंगलबार बस्ने गरि बैठक बोलाएका हुन् । घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएका हो ।

दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने छ। यस्तै मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ।

बिज्ञापन

सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ। प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विषय सार्वजनिक भएकाले त्यसबारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।