तातोपानी नाकाबाट ७७ करोड राजस्व संकलन

सिन्धुपाल्चोक : उत्तरी तातोपानी नाकाबाट नौ महिनामा ७७ करोड राजस्व संकलन भएको छ । चीन र नेपाल सीमाको तातोपानी नाकाबाट नयाँ मोडालिटीअनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको छ ।

दिनहुँ आठवटा कन्टेनरबाट युरिया मल, स्याउ र हाइड्रोपावरका उपकरणलगायत सामग्री भित्रिइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । भोटेकोसी गाउँपालिका–२ तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रमा ‘टेलर’ कन्टेनर प्रयोगमा ल्याइएको छ ।

बिज्ञापन

यसअघि ७ जना कामदारमा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका तीन महिना बन्द भएको थियो । आर्थिक वर्ष २०७६-७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो ।